"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुदै

प्रकाशित मिति :  21 February, 2024 11:28 am


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरू प्रस्तुत भएका छन्। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए।

त्यस्तै ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने विषय उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई ९ समूहमा विभाजन गरिएको बताए।

‘बैठकमा ४ वटा अवधारणा पत्रहरू कार्ययोजनाहरू प्रस्तुत भए’ गौतमले भने, ‘प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई ९ वटा समूहमा विभाजन गरिएको छ। त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ। कोही, मधेश हुँदै सात प्रदेशहरुका समूहहरू छन्। एउटा समन्वय कमिटीहरू, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ।’

आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए।

विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन्।

बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २