कांग्रेसको महासमिति बैठक : प्रतिवेदनमाथि समूहगत छलफल
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि छलफल हुँदैछ। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समूहगत छलफल हुँदैछ। प्रतिनिधिले प्रतिवेदन माथि बोल्न पाँच मिनेट समय पाउने भएको छन् ।
बैठक तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल सुरु भएको छ । २२ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाज गरिएको छ । प्रतिवेदन माथि बोल्न चाहनेका लागि पाँच मिनेट समय तोकिएको छ ।
बैठकमा हिजो ५ वटा प्रतिवेदन पेस भएका छन्। बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशशरण महत र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा चार समूह बनाएर छलफल गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुल्चोकी हलमा बागमती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव मागी सुझाव दिन बैठक छलफल गर्नेछन्।
केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन्।
सोमबारदेखि सुरू भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन्।













