"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने एमालेको माग

प्रकाशित मिति :  25 February, 2024 11:56 am


काठमाडौँ । प्रमुख प्रतिपक्ष एमालेले फागुन ६ देखि तीन मन्त्रीको राजीनामा माग्दै आएकोमा आइतबारदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिनुपर्ने माग गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको बैठकमा ललितपुरको बालकुमारीमा भएको घटनामा दोषी भएको भन्दै गृहमन्त्री श्रेष्ठले पनि राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँगै बालकुमारी घटनामै दोषी भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पनि राजीनामा मागेको छ । त्यस्तै, मन्त्री पदमा बहाल हुँदै टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र रामग्रामको जग्गा प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गरेको हो । यी मन्त्रीहरूले राजीनामा नदिए वा प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त नगरे संसद् अवरोध गर्ने चेतावनी पनि एमालेले गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी एमालेसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलहरूले पनि यो विषय उठाउँदै आएका छन् । सभामुखले सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सरकारले संसद्मा जवाफ नदिएको र प्रधानमन्त्री दाहालले सदनमा जवाफ नदिइरहेको भन्दै एमाले प्रमुख सचेतक गिरीले चार मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् । ‘हामी गत ६ गतेदेखि संसद्मा बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र बालकुमारी घटनामा गोली ठोक्न आदेश दिने गृहमन्त्रीको विरुद्धमा आवाज उठाइरहेका छौँ ।

अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री पदमा बस्न मल्दैन । उहाँको राजीनामा मागिरहेका छौँ,’ गिरीले भने, ‘रामग्राम लिजमा दिने पर्यटनमन्त्रीको राजीनामा मागिरहेका छौँ । हामीले संसद्मा हप्तौँ दिनदेखि कुरा उठाउँदा सरकार सुन्न तयार छैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिर हिँडिरहनुभएको छ । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्दैन ।

सरकारले बलमिच्याईं गरेर अघि बढ्दा माग सम्बोधन हुन सकेका छैनन् । दोषी मन्त्रीहरूलाई तत्काल बर्खास्त गरोस् ।’ एमालेले मिटरब्याज पीडितका माग पनि सम्बोधन गर्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको