"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले र रास्वपाले तीन मन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध

प्रकाशित मिति :  26 February, 2024 11:53 am


काठमाडौं । विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवादित मन्त्रीहरुको सम्बन्धमा कहिले जवाफ आउने हो त्यो तोकिएर रुलिङको माग राखेकका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुको सम्बन्धमा दिन, घण्टा र मिनेट तोकेर रुलिङको माग गरे । सभामुखबाट रुलिङ नभएपछि विपक्षी दलहरुले ‘विवादित मन्त्रीहरु राजीनामा दे’, ‘विवादित मन्त्रीलाई बर्खास्त गर’ लगायतका नाराबाजी सुरु गरेका छन् ।

सांसदहरूको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको