"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले र रास्वपाले तीन मन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध

प्रकाशित मिति :  26 February, 2024 11:53 am


काठमाडौं । विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवादित मन्त्रीहरुको सम्बन्धमा कहिले जवाफ आउने हो त्यो तोकिएर रुलिङको माग राखेकका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुको सम्बन्धमा दिन, घण्टा र मिनेट तोकेर रुलिङको माग गरे । सभामुखबाट रुलिङ नभएपछि विपक्षी दलहरुले ‘विवादित मन्त्रीहरु राजीनामा दे’, ‘विवादित मन्त्रीलाई बर्खास्त गर’ लगायतका नाराबाजी सुरु गरेका छन् ।

सांसदहरूको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।