"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बानेश्वर, सिंहदरबार र बालुवाटारका पेटीमा हिँड्न निषेध

प्रकाशित मिति :  27 February, 2024 4:08 pm


काठमाडौँ । लघुवित्तपीडित संघीय संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकार कठोर बनेको छ। प्रहरी प्रशासनले प्रशासनिक केन्द्र सिंहदरबारको पेटीमा हिँड्न पनि नदिने ध्येयले डोरी टाँगेर निषेधित क्षेत्र लेखेको छ।

त्यस्तै, संघीय संसद् भवन नयाँ बानेश्वरमा पनि पेटीमा हिँड्न रोक लगाइएको छ। संसद् भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न नमिल्ने बनाइएको छ। यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पनि सुरक्षा सतर्कता बढाइएको छ। बालुवाटारको उत्तर र पूर्वतर्फको पेटीमा प्रवेश निधेषको ब्यानर राखिएको छ।

सोमबार सुरक्षा निकायको कमजोरीपछि लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको निष्कर्ष निकालिएको थियो। घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग