"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं : महामन्त्री थापा

प्रकाशित मिति :  28 February, 2024 1:28 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्। देशभित्रै उच्च पारिश्रमिक दिने गरी रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने पनि थापाको भनाइ छ।

नेपाल इञ्जिनियर्स एसोसियसन र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तर्क्रियामा बोल्दै थापाले धेरै पारिश्रमिक दिने रोजगारीको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।

‘धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरू रोजगारी आफैँ सिर्जना गर्छ,’ उनले भने। नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै उनले थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा के एण्ड के इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्त सम्भावना रहेको बताए। उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए।

उनले इलेक्टिकल इन्जिनियरको माग बढेपनि पढ्नेको संख्या घटिरहेको पनि बताए। नेपाल इन्जिनियर्स एसोसियनका महासचिव रविभूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको