"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाले ६ सांसदलाई इलाम पठाउदै

प्रकाशित मिति :  1 March, 2024 11:44 am


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन लक्षित गरेर ६ सांसदलाई ६ पालिकामा पठाउने भएको छ। रास्वपाका सांसदहरू शुक्रबार साँझ इलामका पालिका पुग्ने र १९ गते त्यहाँका नागरिकहरूसँग अन्तरक्रिया गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ।

जसअन्तर्गत् सोबिता गौतमलाई इलाम नगरपालिका खटाइएको रास्वपाले बताएको छ। गणेश पराजुली देउमाई नगरपालिका जानेछन् भने मनिष झाले माई नगरपालिकामा अन्तरक्रिया गर्नेछन्।  सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र  अशिम शाह फाकफोकथुम गाउँपालिका जाने रास्वपाले जानकारी दिएको छ।

रास्वपाको सचिवालय बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर दुईमा खटाउने निर्णय यसअघि नै गरिसकेको छ। नेकपा (एमाले) का सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर दुई रिक्त छ। रिक्त स्थानका लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ। उपनिर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक दलहरूले आ—आफ्नो तयारी तीव्र पारेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको