"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साइबर अपराधका घटनामा युट्युबरविरुद्ध प्रहरीमा उजुरी बढ्दो

प्रकाशित मिति :  11 March, 2022 9:08 pm


काठमाडौँ । साइबर अपराधका घटनामा एकपछि अर्को युट्युबर जोडिन थालेका छन् । भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने मामिलामा युट्युबरहरू सक्रिय भएपछि पछिल्लो समय प्रहरीले उनीहरूमाथिको निगरानी बढाएको छ । प्रहरीको साइबर ब्युरोका अनुसार औसतमा प्रत्येक महिना तीन जना युट्युबरमाथि उजुरी पर्ने गरेको देखिन्छ । यस्ता अधिकांश उजुरीहरूमा मानहानी, चरित्रहत्या, अनर्गल प्रचार र भ्रमपूर्ण सूचनाहरू फैलाएको आरोप लाग्ने गरेको छ ।

२०७५ जेठमा नेपाल प्रहरीको साइबर ब्युरो स्थापना भएपछि हालसम्म ८८ युट्युबरहरूमाथि साइबर अपराधको उजुरी परेको छ । प्रहरीका अनुसार योबीचमा १९ जना युट्यबरहरू पक्राउ परेका छन् । पक्राउ परेका सबै युट्युबरमाथि विद्युतीय कारोबार ऐन २०६३ अर्न्तगत मुद्दा चलाइएको छ ।

साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालका अनुसार पक्राउ परेका सबैजसो युट्युबरमाथि चरित्रहत्या, मानहानी, भ्रमपूर्ण सूचनाको वितरणजस्ता आरोपहरू लाग्ने गरेको छ । नाबालिकामाथि बलात्कार र यौन हिंसाको आरोपमा पत्रकार पल शाह पक्राउको पृष्ठभूमिमा पक्राउ परेका युट्युबरहरूमाथि भने गोपनीयताको हक उल्लंघन, चरित्रहत्यादेखि अनुसन्धानलाई प्रभावित पार्न खोज्नेजस्ता आरोपहरू लागेका छन् ।

पल शाह पक्राउपछि मात्रै साइबर ब्युरोले दुई युट्युबर र युट्युबमार्फत‍ भ्रमपूर्ण कुरा फैलाउने एक जना पक्राउ परिसकेका छन् । ब्युरोले नेपाल मिडिया नामक युट्युबमार्फत भ्रम फैलाउने, अनर्गल वक्तव्यबाजी गरेको आरोपमा नार्गजुन ८ का ५३ वर्षीय हरि उदासी भन्ने हरि परियारलाई पक्राउ गर्‍यो । सोही दिन ब्युरोले विशाल नेपाल नामक युट्युब च्यानल चलाउने लमजुङ राइनस नगरपालिका घर भई हाल तारकेश्वर ४ बस्ने २७ वर्षीय निशान चिलवाललाई पक्राउ गर्‍यो । त्यसअघि प्रहरीले गत सोमबार क्लेब नेपाल नामक युट्युब च्यानलका संचालक रुपन्देहीको बुटवल नगरपालिका १३ रुपन्देही बस्ने २१ वर्षको राहुल थापा पक्राउ परे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार