"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भरतपुर भ्रमण वर्ष : ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रकाशित मिति :  3 March, 2024 10:16 am


चितवन । सन् २०२४ भित्र २ लाख विदेशीसहित ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘भरतपुर भ्रमण वर्ष’ सुरु भएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रम सञ्चालन हुने योजना बनाएको छ ।

भरतपुरको आडमा दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज र हिन्दुहरूको प्रख्यात धार्मिक स्थल देवघाटधाम छ । भ्रमण वर्षका लागि महानगरले प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानवनिर्मितसमेत गरेर भरतपुरभित्र २२ वटा पर्यटकीय गन्तव्य तय गरेको मेयर रेनु दाहालले बताइन् ।

भ्रमण वर्षको शुक्रबार नारायणगढ नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनमा प्रधानमन्त्रीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सत्तारूढ र विपक्षी दलका प्रमुख नेताहरू नै सहभागी थिए । मन्तव्यको प्रमुममा उनीहरूले भरतपुर र समग्र चितवन भ्रमण गर्न अपिल पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको