"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्ति प्रक्रियासम्बन्धी बाकि काम अघि बढाउन एमाले सकारात्मक

प्रकाशित मिति :  3 March, 2024 10:28 am


काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)  अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेको छ । सत्ता गठबन्धनमा चिसोपन आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमालेले सकारात्मक साथ दिन खोजेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचका पछिल्ला पटक पटकका औपचारिक र अनौपचारिक संवादले विधेयक अघि बढाउने वातावरण बनेको हो ।

टीआरसी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको आइतबार ११ बजे बैठक बोलाइएको छ । उक्त बैठकमै विधेयक अघि बढाउनेबारे निर्णयमा पुर्‍याउने तयारी भइरहेको स्रोतले जनाएको छ । ‘एमाले अध्यक्षले नै विधेयकमा भाषा मिलाएर अघि बढाउने गरी कुरा गरिसक्नुभएको छ’ स्रोतले भन्यो,’ अब विधेयक अघि बढाउनेबारे एउटा सहमतिमा पुग्ने स्थिति बनेको छ ।’ कानुन समितिको बैठक अघि कांग्रेस, एमाले र माओवादी नेताहरूबीच विधेयकको भाषा मिलाउनेबारे अनौपचारिक छलफल भइरहेको छ ।

टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने अडान एमालेले राख्दै आएको छ । अहिले पनि त्यसको मूल भावनामा तलमाथि नहुनेगरी भाषा मिलाएर अघि बढाउने तयारी भएको स्रोतले जनायो ।

टीआरसी विधेयक पारित गर्न चर्को दबाबमा रहेका प्रधानमन्त्री दाहाल भने सहमति हुन नसके बहुमतबाटै भए पनि पारित गर्ने मनस्थितिमा पुगेका थिए । तर उनले सबैको सहमतिमा अघि बढाउने भन्दै ओलीसँग निरन्तर छलफल गर्दै आएका थिए ।

कांग्रेस र माओवादीका नेताहरूले एमालेले उठाएका विषय टीआरसी विधेयकमा समेटिइसकेको दाबी गर्ने गरेका थिए । एमालेले विधेयकमा स्पष्ट प्रावधान नभएकाले थप अडान राख्नुपर्ने बताउँदै आएको थियो ।

  • पत्रपत्रिकाहरुबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता