"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्ति प्रक्रियासम्बन्धी बाकि काम अघि बढाउन एमाले सकारात्मक

प्रकाशित मिति :  3 March, 2024 10:28 am


काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)  अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेको छ । सत्ता गठबन्धनमा चिसोपन आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमालेले सकारात्मक साथ दिन खोजेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचका पछिल्ला पटक पटकका औपचारिक र अनौपचारिक संवादले विधेयक अघि बढाउने वातावरण बनेको हो ।

टीआरसी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको आइतबार ११ बजे बैठक बोलाइएको छ । उक्त बैठकमै विधेयक अघि बढाउनेबारे निर्णयमा पुर्‍याउने तयारी भइरहेको स्रोतले जनाएको छ । ‘एमाले अध्यक्षले नै विधेयकमा भाषा मिलाएर अघि बढाउने गरी कुरा गरिसक्नुभएको छ’ स्रोतले भन्यो,’ अब विधेयक अघि बढाउनेबारे एउटा सहमतिमा पुग्ने स्थिति बनेको छ ।’ कानुन समितिको बैठक अघि कांग्रेस, एमाले र माओवादी नेताहरूबीच विधेयकको भाषा मिलाउनेबारे अनौपचारिक छलफल भइरहेको छ ।

टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने अडान एमालेले राख्दै आएको छ । अहिले पनि त्यसको मूल भावनामा तलमाथि नहुनेगरी भाषा मिलाएर अघि बढाउने तयारी भएको स्रोतले जनायो ।

टीआरसी विधेयक पारित गर्न चर्को दबाबमा रहेका प्रधानमन्त्री दाहाल भने सहमति हुन नसके बहुमतबाटै भए पनि पारित गर्ने मनस्थितिमा पुगेका थिए । तर उनले सबैको सहमतिमा अघि बढाउने भन्दै ओलीसँग निरन्तर छलफल गर्दै आएका थिए ।

कांग्रेस र माओवादीका नेताहरूले एमालेले उठाएका विषय टीआरसी विधेयकमा समेटिइसकेको दाबी गर्ने गरेका थिए । एमालेले विधेयकमा स्पष्ट प्रावधान नभएकाले थप अडान राख्नुपर्ने बताउँदै आएको थियो ।

  • पत्रपत्रिकाहरुबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू