"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति समक्ष तीन मन्त्रीको शपथ गराउन प्रधानमन्त्रीको जानकारी

प्रकाशित मिति :  4 March, 2024 1:26 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू