"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदको दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  7 March, 2024 10:56 am


काठमाडौँ । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। 

त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, राष्ट्यिर सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी