"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसदको दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  7 March, 2024 10:56 am


काठमाडौँ । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। 

त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, राष्ट्यिर सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्दैछ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्