"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युनिमोल प्यारासिटामोल गुणस्तरहीन रहेकोमा बिक्री वितरणमा रोक

प्रकाशित मिति :  18 March, 2024 6:08 pm


काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

विभागले अनुगमनका क्रममा संकलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकाले युनिमोल नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल ५०० एमजीको ब्याच नं बीडीटी–२३६९, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोकी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न उत्पादक कम्पनीलाई निर्देशन पनि दिएको छ ।

खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोगसमेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार