"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हरिपुरकी तत्कालीन उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  18 March, 2024 6:52 pm


काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्लेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूले सम्झौताअनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन उपमेयर काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर तथा वडा नं १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै भएको भनी भुक्तानी दिन सिफारिस गरेका थिए ।

त्यस्तै हरिपुरका तत्कालीन निमित्त प्रमख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर ८५ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

सोही तटबन्ध निर्माणका लागि बनेको हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शमशेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूले खोलामा तटबन्ध नसकिंदै सकिएको भनी प्रतिवेदन बनाएको, बिल भर्पाई बनाएको, हाजिर हिनामिन गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।

उनीहरू विरुद्ध पनि ८५ लाख १८ हजार रुपैयाँ जरिवाना गरी बिगो असुलउपर गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द