"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्राधिकरणका शाखा अधिकृतविरूद्ध ३ करोडको भ्रष्‍टाचार मुद्दा

प्रकाशित मिति :  21 March, 2024 4:33 pm


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनी काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौं अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत थिए। त्यस्तै, अतिरिक्‍त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाले सञ्चालन गरेको पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोगजना, माकलबारीमा खटिएर काम गर्दै आएका थिए। 

उनले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो।  उक्त उजुरीमाथि अख्तियारले अनुसन्धान गर्दा सेवामा रहँदा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। 

अख्तियारले उनी सेवा प्रवेशको मिति २०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अनुसन्धान गरेको थियो। आयतर्फ पारिश्रमिक बचत, भत्ता, जग्गा बिक्रीको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थाको मौज्दात, ऋणलगायत कुल ३ करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ देखिएको थियो। 

व्ययतर्फ घर तथा जग्गा खरिद, सन्तती अध्ययन खर्च, गरगहना, सेयरलगायत गरी ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ खर्च तथा लगानी देखिएको थियो।  खर्च तथा लगानीमा आयआर्जन घटाउँदा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो। 

उक्त रकम जफत गरी जरिवाना र कैद सजाय माग गरेको छ। उनले खरिद गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा समेत जग्गा देखिएको अख्तियारले जनाएको छ। उक्त जग्गा भने जफत गर्न माग गरेको छ। त्यस्तै, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पनि जफत गर्न माग गरेको हो। 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार