"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पशुसेवा विज्ञ केन्द्रका तत्कालीन प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  25 March, 2024 5:09 pm


काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराइ आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेस गरेको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी, नगराई सोही प्रतिवेदन स्वीकृत गरी सहकारी संस्थालाई नौ लाख ७७ हजार १६ रुपियाँ भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगका अनुसार अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीले कृषि सेड निर्माण कार्य गर्नको लागि दोस्रो पक्षसँग भएको सम्झौतामा संलग्न रहेको, आम्रपाली सहकारीले पेस गरेको लगत इष्टिमेट बमोजिम नगरेको कामलाई गरेको भनी सिफारिस गरेको आरोप लागेको छ ।

यसैगरी, सर्लाहीका चक्रघट्टा गाउँपालिका वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को दफा (८) ४ को पूर्ण पालना नगरी फिल्डमा वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गरी गराइ रकम भुक्तानीका लागि सिफारिस गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम नौ लाख ७७ हजार १६ रुपियाँ जफत हुन मागदाबी लिई उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।