"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

प्रकाशित मिति :  3 April, 2024 12:14 pm


पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार राजीनामापत्र बुझाएका हुन्। केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले फागुन २२ मा माओवादीका मन्त्रीलाई पदबाट हटाइदिएका थिए।

त्यसको भोलिपल्ट माओवादीले समर्थन फिर्ता लिएको थियो। त्यसपछि पाण्डे सरकार अल्पमतमा परेको थियो। चैत २२ गतेभित्र सदनबाट विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री पाण्डेले सदन फेस नगरी राजीनामा दिएका हुन्।

पाण्डे संविधानको धारा १६८ को २ अनुसार वैशाख १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशसभामा २ सदस्य रहेको राप्रपा अनिर्णीत हुँदा गण्डकीमा अब नयाँ गठबन्धनको सरकार बन्न सक्ने सम्भावना कम रहेको आँकलन गर्दै पाण्डेले उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा राजीनामा दिएका हुन्।

६० सदस्यीय प्रदेशसभामा कांग्रसको २७ सिट छ। उसलाई सरकार बनाउन थप तीन सिट चाहिन्छ। त्योमध्ये एक सिट दीपक मनाङेको थपिएको छ।

राप्रपाको २ सिटले पनि कांग्रेसलाई पुग्दैन। माओवादीको चुनाव चिह्नमा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटको आस कांग्रेसलाई छ। २२ सिट भएको एमालेले सभामुखवाहेक सात सिट भएको माओवादीसँगै राप्रपाको साथ पाउने आस गरेको छ। त्यसो भएको खण्डमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका