"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२० वर्ष सक्रिय राजनीति गर्छु भन्ने ओलीको राजनीतिक संकेत

प्रकाशित मिति :  6 April, 2024 10:02 am


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गरे । 

‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ । तर पार्टी आफ्नाआफ्ना छन् । पार्टीका आफ्नाआफ्ना नीति छन् । पार्टीका आ-आफ्ना उद्देश्य छन् । आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ,’ अध्यक्ष ओलीले अघि भने, ‘कसैले एमाले बिनाको नेपाल भने त कसैले केपी ओलीबिनाको नेपाल भनेर सोचे । तर अब त्यस्तो नसोचे पनि हुन्छ- मैले पोहोर परार भनेको थिएँ, जुँगा अलि काला- काला हुन थाले भनेर । मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको हो । अझै २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ ।’

उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको टिप्पणी गरे । उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको र पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका