"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस संसदीय छानबिन समितिबाट पछि नहट्ने अडान

प्रकाशित मिति :  8 April, 2024 6:41 pm


काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिबाट पछि नहट्ने अडान लिएको छ । प्रतिनिधि सभाको बैठक हुनु एक दिन अघि सभामुख देवराज घिमिरेले बोलाएको दलका नेताहरुको बैठकमा कांग्रेसले संसदीय छानबिन समितिको माग दोहोर्‍याएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसको मागका बारेमा छलफल गर्न सभामुख घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु छलफलमा डाँकेका थिए ।

संसदीय छानबिन समिति न्युनतम माग रहेको तर त्यसलाई मान्न सरकार तयार नभएका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘अब संसदमा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ,’ लेखकले भने । भोलि संसदमा सरकार कुन रुपमा प्रस्तुत हुन्छ त्यसै अनुसार कांग्रेस प्रस्तुत हुने बताए ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्ना कुराहरु यथावत राखेको बताए । ‘लाखौं लाख नेपालीहरुको पैसा सहकारीहरुमा बचत गरिएको छ । देशका विभिन्न सहकारीहरुमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगि गर्ने लगायतका काम भएका छन्,’ लेखकले बैठक पछि भने ।

रकम अपचलनमा बहालवाला मन्त्रीको कुरा उठिरहेको लेखकले बताए । कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको लेखकले बताए । ‘हामीले हाम्रो कुरा स्पष्ट राखेका छौं । अहिलेसम्म हामी सदसयतापूर्वक प्रस्तुत भएका छौं,’ लेखकले भने,‘आफ्नो माग निरन्तर राखेका छौं । संसदलाई अवरोध गरेका छैनौं ।’

सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत हुँदै गएको उनले बताए । विचल्लीमा भएका नागरिकका विषयमा सरकार गम्भीर नभएको लेखकले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन