"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस संसदीय छानबिन समितिबाट पछि नहट्ने अडान

प्रकाशित मिति :  8 April, 2024 6:41 pm


काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिबाट पछि नहट्ने अडान लिएको छ । प्रतिनिधि सभाको बैठक हुनु एक दिन अघि सभामुख देवराज घिमिरेले बोलाएको दलका नेताहरुको बैठकमा कांग्रेसले संसदीय छानबिन समितिको माग दोहोर्‍याएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसको मागका बारेमा छलफल गर्न सभामुख घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु छलफलमा डाँकेका थिए ।

संसदीय छानबिन समिति न्युनतम माग रहेको तर त्यसलाई मान्न सरकार तयार नभएका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘अब संसदमा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ,’ लेखकले भने । भोलि संसदमा सरकार कुन रुपमा प्रस्तुत हुन्छ त्यसै अनुसार कांग्रेस प्रस्तुत हुने बताए ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्ना कुराहरु यथावत राखेको बताए । ‘लाखौं लाख नेपालीहरुको पैसा सहकारीहरुमा बचत गरिएको छ । देशका विभिन्न सहकारीहरुमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगि गर्ने लगायतका काम भएका छन्,’ लेखकले बैठक पछि भने ।

रकम अपचलनमा बहालवाला मन्त्रीको कुरा उठिरहेको लेखकले बताए । कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको लेखकले बताए । ‘हामीले हाम्रो कुरा स्पष्ट राखेका छौं । अहिलेसम्म हामी सदसयतापूर्वक प्रस्तुत भएका छौं,’ लेखकले भने,‘आफ्नो माग निरन्तर राखेका छौं । संसदलाई अवरोध गरेका छैनौं ।’

सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत हुँदै गएको उनले बताए । विचल्लीमा भएका नागरिकका विषयमा सरकार गम्भीर नभएको लेखकले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका