"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भयो : कांग्रेस सचेतक लेखक

प्रकाशित मिति :  9 April, 2024 12:14 pm


काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितहरूप्रति सरकार गैरजिम्मेवार रहेको बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको संसदीय समिति गठन गरेर निष्पक्ष छानबिन गरिनुपर्नेमा सरकार यसबारे गम्भीर नदेखिएको कांग्रेसको भनाइ छ।

मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको हो। सहकारीबाट पीडित भएका लाखौं नागरिकप्रति सरकार गम्भीर र संवेदनशील नभएको देखिएको कांग्रेसको निष्कर्ष छ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार सरकारका बहालवाला मन्त्रीहरू पनि सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न देखिएकोले संसदीय छानबिन समिति गठनको आवश्यकता छ।

कांग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको उनले बताए। संसदीय दलको बैठकले कांग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको उनको भनाइ छ। सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको उनले बताए।

‘हामी सरकारका कमी कमजोरीलाई सशक्त रुपबाट उठाउनेछौं‌। अहिले सहकारीमा लाखौं नागरिकले रकम जम्मा गरेका छन्। अर्बौं रुपैयाँ जम्मा भएको छ। देशभरका विभिन्न सहकारीमा बचतकर्ताको रकमको दुरुपयोग, अपचलन, ठगी हुने खालका घटना देखापरेका छन्,’ उनले भने, ‘यतिसम्म कि सरकारको बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न देखा परेका छन्।’

कांग्रेस संसद अवरोध नचाहने उनले बताए। ‘तर हामीले उठाएका मागप्रति सरकार गैरजिम्मेवारीपूर्ण ढंगले प्रस्तुत भयो भने संसदका काम कारबाहीको जिम्मा सरकारले लिनुपर्छ। देशका विभिन्न सहकारी संस्थाहरुमा व्यापक अनियमितता एवं ठगी भएको छ। लाखौं बचतकर्ताले सहकारीमा जम्मा गरेको अर्बौं रकम हिनामिना र ठगी भइ अपचलन भई नागरिक पीडित भएका छन्,’ उनले भने।

(न्युज एजेन्सी नेपाल)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका