"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा कांग्रेसको प्रश्न – सहकारी प्रकरणमा सरकार जबाफदेही हुन पर्छ कि पर्दैन ?

प्रकाशित मिति :  9 April, 2024 2:04 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गरेको हो। बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तापक्ष रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेका थिए। सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक थिङलाई ५ मिनेटभित्र आफ्ना कुरा राख्न समय दिए। थिङले सहकारी पीडितहरू सडकमा आएको बताइन्।

‘रवि लामिछानेको ठाउँमा अरू जोकोही भए पनि अनुसन्धान हुन्थ्यो होला, कानून लाग्थ्यो होला। अनि रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो? सरकार जबाफदेही हुन पर्छ कि पर्दैन?,’ उनले भनिन्। उनले गैरकानूनी रूपमा गोर्खा मिडिया कम्पनीले अर्बौं लिँदा सञ्चालक र प्रबन्धक निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न गरेकी छन्।

‘अर्बौं रकम अपचलन भएको कुरा आएको छ। यसमा सुर्यदर्शनलगायत ६ वटा सहकारीबाट करिब एक अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा गएको छ,’ उनले भनिन्, ‘सहकारीको पैसा कम्पनीमा लान पाउँछ कि पाउँदैन। गैरकानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन। गोर्खा मिडिया कम्पनीको सञ्चालन खोज्न पर्दैन?’

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न संसदीय दल बैठकले गरेको निर्णय नै उनले पढेर सुनाएकी थिइन्। संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नसक्ने उनको भनाइ थियो। ‘कुनै पनि कामकारबाही अगाडि नबढाउन म अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्।

यसपछि सभामुख घिमिरेले बोल्न रास्वपा सांसद मनिष झालाई समय दिए। तर कांग्रेस सांसदहरू उठेर अवरोध गरे। सभामुखले पटकपटक सांसदहरूलाई बस्न आग्रह गरेका थिए। सत्ता र प्रतिपक्षका सांसदहरू बसेको ठाउँबाट केहीबेरसम्म उभिइरहेका थिए। सभामुखले पुन: बस्ने गरी बैठक स्थगित गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका