"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय छानबिन माग राजनीतिक पूर्वाग्रहमा आधारित छ : प्रधानमन्त्री

प्रकाशित मिति :  11 April, 2024 12:27 pm


विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारबाट बाहिर हुँदाको पूर्वाग्रह साँधेर नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको आरोप लगाएका छन्। विराटनगरमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ।’

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै सदन अवरोध गर्दै आएको घटनालाई उनले ‘पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास’ पनि भनेका छन्। विराटनगरमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेको बचाउ गरेका छन्।

लामिछानेमाथि छानबिन जरुरी नभएको आसय प्रकट गर्दै उनले थपे, ‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन। मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो केस भनेर सोधेको थिएँ। उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र छिट्टै समाधान हुने बताए।‘गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुन्छ र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको छ,’ उनले भने, ‘सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र गृहमन्त्री लामिछानेको विषय अलग्गै अध्ययन गरेर समाधान गर्न सकिन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका