"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको अध्यक्ष ओलीको आरोप

प्रकाशित मिति :  14 April, 2024 4:26 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताएका हुन्। 

हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको उनले बताए।  उनले संसद पुराना अनुभवहरू लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई कांग्रेसले सच्याउनुपर्ने बताए।

‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिरहेको छ क्या। यस्तो गर्नुहुँदैन। संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ। त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुरा,’ उनले भने, ‘उहाँहरू तर्कमा आउनुहुन्न। ढिपी, जिद्दीमा जानुहुन्छ। त्यो तरिका उहाँहरूले सच्याउनुपर्छ। यसमा आवेश, उत्तेजनाको काम छैन।’

नेपाली कांग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए। अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए। उनले वर्तमान सरकार भर्खरै आएकाले धेरै विधेयकहरू परित गर्न नसकेको बताए। 

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका