"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी ठग्ने रवि र गृहमन्त्री एउटै व्यक्ति हुन् कि होइनन् संसदीय छानबिनबाट खोज्नुपर्छ : गगन थापा

प्रकाशित मिति :  16 April, 2024 8:05 pm


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।

सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन् ? जाँच्ने क्षमता प्रहरीले आफूसँग नभएको दर्ता मुद्दाबाट जानकारी भएको उनले बताए । संवाद यात्राका क्रममा कञ्चनपुरमा मंगलबार थापाले भने, ‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्‍यो कि परेन ?’

कांग्रेसले माग गरिरहेको छानबिन समिति आवश्यक रहेको सरकारी वकिलकहाँ दर्ता भएको मुद्धाले प्रमाणित भएको थापाले सुनाए । ‘प्रहरीले सरकारी वकिल कहाँ मुद्धा दर्ता गर्‍यो । मुद्धा दर्ता गर्दैगर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो,’ थापाले भने,‘प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगि गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन ।’

कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ति र अपराध मानेर दण्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा गल्ति नै हुन्छ ।

सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने उनले बताए । सजायको पुरानाले पाउने र नयाँले नपाउने भन्ने नहुने थापाले बताए । ‘आफ्नै पार्टीको होस्, अरु पार्टीको होस्, यो पार्टीको होस् त्यो पाटी भन्दैनौं,’ थापाले भने ।

जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका