"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गेटवे पेमेन्ट प्रकरणमा सुनिल पौडेल विरुद्ध २३ करोडको फेरि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  21 April, 2024 7:59 pm


काठमाडौं । नेपाल टेलिकमको गेटवे पेमेन्ट प्रकरणमा शुक्रबारमात्र दोषी ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्को पनि भ्रष्टाचार मुद्दा लगाएको छ।  पौडेलले लगभग १८ वर्ष सार्वजनिक ओहदामा कार्यरत रहँदा गैरकानुनी रूपले सम्पत्ति कमाएको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीका अनुसार  सुनिलले २३ करोड ७५ लाख ४६ हजार रूपैयाँ गैरकानुनी तरिकाबाट आर्जन गरेको देखिएको भन्दै मुद्दा दर्ता गर्न ल्याएको छ।  यो मुद्दामा सुनिललाई भ्रष्टाचार निवारण ऐन २०५९ का तीनवटा दफा अनुसार कारबाही गर्न अख्तियारको माग छ। 

उनलाई अकुत सम्पत्ति कमाएको कसुरमा दफा २० को उपदफा २  अनुसार २ वर्षसम्म कैद र बिगो जत्तिकै जरिवाना तिराउन अख्तियारको माग छ। उसको माग अनुसार सुनिलको कसुर स्थापित भए उनले २३ करोड ७५ लाख ४६ हजार जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले गैरकानुनी तरिकाले कमाएको सम्पत्ति जफत हुनेछ। 

त्यस्तै, उनले सम्पत्ति विवरण बुझाउँदा झुटो विवरण पेस गरेको अभियोगमा दफा १६ को २ अनुसार एकदेखि तीन महिनासम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना तिराउन अख्तियारको माग छ।  राष्ट्रसेवकको हैसियतमा रहँदा कसुर गरेको भएकाले उनलाई दफा २४ अनुसार थप सजायको माग पनि गरिएको छ।  यो दफा अनुसार उनलाई थप तीन वर्ष कैद माग गरिएको हो। 

शुक्रबार विशेष अदालतले उनलाई नेशनल गेटवेको खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गरेको थियो। उक्त मुद्दामा भने उनलाई कति सजाय सुनाउने भनेर अर्कोदिन पेशी तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार