"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कालिकोट महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  25 April, 2024 5:19 pm


काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतविरुद्ध मुद्दा दर्ता गरेको छ ।

त्यस्तै महावै वडा नं ३ का तत्कालीन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीले पनि सडक निर्माणका क्रममा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

उनीहरूले कालिकोटको सिमखेतदेखि पदमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा सम्झौता अनुसारको मापदण्ड पूरा नगरेको अख्तियारको ठहर छ ।

सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर हुनुपर्ने र कडा चट्टान २०४५ घनमिटर काट्नुपर्ने थियो । तर प्रतिवादी बनाइएका व्यक्तिहरूले मिलेमतोमा ५२० मिटर लम्बाइ, ३.७ मिटर चौडाइ बनाएको र १६९.८० घनमिटरमात्रै चट्टान काटेको अख्तियारले बताएको छ ।

यसरी तोकिए बमोजिम काम नगरी ३८ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन उपाध्यक्ष र वडा अध्यक्ष बाहेक सबैबाट ३८ लाख ७६ हजार रुपैयाँ मागदाबी गरेको छ ।

गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शाही र ३ नं वडा अध्यक्ष सिंहका लागि भने सजायको मात्रै माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार