"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम–२ : एमालेको अग्रता, कांग्रेसले पछ्याउदै

प्रकाशित मिति :  28 April, 2024 7:08 pm


इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पहिलो पटक अग्रता लिएका छन्। नेम्वाङले २५४२ मत ल्याएका छन्।

यसअघिसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए। अहिले एमाले उम्मेदवार नेम्वाङलाई कांग्रेस उम्मेदवार खड्काले पछ्याइरहेका छन्। खड्काले २१९७ मत ल्याएका छन्। यहाँ एमालेका नेम्वाङ कांग्रेसका खड्काभन्दा ३४५ मतान्तरले अघि छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३७९ मत ल्याएका छन्। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यसबेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका