"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बझाङको प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

प्रकाशित मिति :  29 April, 2024 2:02 pm


काठमाडौँ । बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

उनले ११६१२ विजयी मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए र तेस्रो भए एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएर चौँथो भए। यहाँ एक पदका लागि ११ जना उम्मेदवार थिए।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। त्यसबेला उनले नेकपा एमालेका अभिभाल ओखेडालाई पराजित गरेका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। अहिले पराजित कांग्रेसका उम्मेदवार उनै सिंहका छोरा हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका