"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम-२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

प्रकाशित मिति :  30 April, 2024 11:04 am


इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।  उनले २७७७२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाए।

नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्। त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्।  इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो। 

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका