"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलामको उपनिर्वाचनमा पार्टीका कैयौं कमिकमजोरी रहेको रास्वपाको स्वीकार

प्रकाशित मिति :  30 April, 2024 1:19 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका हुन् । 

महामन्त्री ढकालले भनेका छन्, ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।

नतिजा पार्टीको अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको सदैव सम्मान गर्ने रास्वपाले जनाएको छ । साथै महामन्त्री ढकालले नेकपा एमालेका विजयी उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै जनअपेक्षाअनुरुप कार्यसम्पादन हुनेछ भन्ने कामना गरेका छन् ।

इलाम-२ मा सुहाङले २७ हजार ७ सय ७२ मत ल्याई विजयी हुँदा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरे । लिम्बूले धरौटीसमेत जोगाउन सकेनन् । रास्वपाले इलाम निर्वाचनलाई प्रतिष्ठाको विषय मात्र बनाएको थियो । मिसन-०८४ घण्टी इलामबाटै बज्ने गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलगायतका केन्द्रीय नेताहरूले उद्घोष गरेका थिए । इलाम-२ मा कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत ल्याउँदा पहिचानपक्षधर डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २