"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

झापा नापीका सर्वेक्षक ठाकुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई जनालाई सफाइ

प्रकाशित मिति :  3 May, 2024 5:15 pm


काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ। विशेष अदालतले शुक्रबार घुस लिई भ्रष्टाचार गरेको एक मुद्दामा यस्तो फैसला गरेको हो। 

गत वर्ष २४ कात्तिकमा दायर एक मुद्दामा तीन प्रतिवादी रहेकोमा एकजनामाथि कसुर कायमको फैसला भएको छ भने घुससहित पक्राउ परेको दाबी गरिएका अर्का एकजनासमेत दुईले सफाइ पाएका छन्। विशेषका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। 

झापाको नापी कार्यालय भद्रपुरमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर भ्रष्टाचार मुद्दामा दोषी पाइएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीसमेत दुईजनालाई घुससहित पक्राउ गरेको दाबी गरेको थियो। 

अख्तियारले ठाकुरका साथै सोही कार्यालयमा बिचौलियाका रूपमा काम गर्ने उमेश यादवलाई नियन्त्रणमा लिएको थियो। २९ असोज ०८० मा ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेकसहित दुवैजना पक्राउ परेका थिए। 

यसै मुद्दामा शुक्रबार विशेषले फैसला गर्दै सर्वेक्षक देवनारायण ठाकुरलाई ६ महिना कैद हुने फैसला गरेको छ। उनलाई एक लाख २५ हजार रुपैयाँ जरिवानासमेत हुने भएको विशेषले जनाएको छ। 

उनीसँगै पक्राउ परेको भनिएका बिचौलिया यादवले भने सफाइ पाएका छन्। यसै मुद्दाका प्रतिवादी तथा भद्रपुर नापीकै अर्का सर्वेक्षक सुवासचन्द्र यादवले पनि सफाइ पाएका हुन्। 

अख्तियारले तीनैजनाविरुद्ध गत वर्ष २४ कात्तिकमा मुद्दा दायर गरेको थियो। आपसी मिलेमतोमा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न–गराउन सेवाग्राहीसँग घुस लिएको अभियोग उनीहरूमाथि लगाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार