"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुनील पौडेललाई करिव २३ करोड जरिवाना, ९ वर्ष कैद फैसला

प्रकाशित मिति :  7 May, 2024 7:44 pm


काठमाडौँ । विशेष अदालतले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ । विषेश अदालतले पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको हो ।

पौडेललाई अदालतले बिगो, जरिवाना र कैद हुने फैसला सुनाएको छ । विशेष अदालतबाट वैशाख ७ गते भ्रष्टचार मुद्दामा दोषी ठहर गर्ने फैसला मात्र सुनाएको थियो । मंगलबार विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय  निर्धारण गरेको हो ।  

पौडेललाई २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने ठहर गरिएको छ । अब उनीबाट करिब ४६ करोड ५४ लाख रुपैयाँ असुल गरिनेछ । पौडेलविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दा भने विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक