"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुनील पौडेललाई करिव २३ करोड जरिवाना, ९ वर्ष कैद फैसला

प्रकाशित मिति :  7 May, 2024 7:44 pm


काठमाडौँ । विशेष अदालतले नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ । विषेश अदालतले पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको हो ।

पौडेललाई अदालतले बिगो, जरिवाना र कैद हुने फैसला सुनाएको छ । विशेष अदालतबाट वैशाख ७ गते भ्रष्टचार मुद्दामा दोषी ठहर गर्ने फैसला मात्र सुनाएको थियो । मंगलबार विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय  निर्धारण गरेको हो ।  

पौडेललाई २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने ठहर गरिएको छ । अब उनीबाट करिब ४६ करोड ५४ लाख रुपैयाँ असुल गरिनेछ । पौडेलविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जनको मुद्दा भने विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार