"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

प्रकाशित मिति :  8 May, 2024 11:35 am


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजे बूढानीलकण्ठमा बस्ने सेतोपाटीलाई जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुनेछ।

कांग्रेसले बिहीबारका लागि संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक पनि राखेको छ। सचेतक सुशीला थिङले दिएको जानकारीअनुसार बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका