"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा सीमित

प्रकाशित मिति :  12 May, 2024 7:37 pm


काठमाडौं । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्य वृद्धिदर खुम्चिएको देखिन्छ । गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७.७६ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ४.१४ प्रतिशत छ । खाद्य समूहमा पनि मरमसला उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिन्छ । मरमसला उपसमूहको मूल्य २२.६४ प्रतिशत, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्यजन्य पदार्थको ७.५९, गैर मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशत बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने १०.१० प्रतिशत घटेको छ ।

सेवासमूह अन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा