"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा सीमित

प्रकाशित मिति :  12 May, 2024 7:37 pm


काठमाडौं । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्य वृद्धिदर खुम्चिएको देखिन्छ । गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७.७६ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ४.१४ प्रतिशत छ । खाद्य समूहमा पनि मरमसला उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिन्छ । मरमसला उपसमूहको मूल्य २२.६४ प्रतिशत, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्यजन्य पदार्थको ७.५९, गैर मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशत बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने १०.१० प्रतिशत घटेको छ ।

सेवासमूह अन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो