"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

प्रकाशित मिति :  13 May, 2024 5:54 pm


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।  संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त कार्कीले प्रदेश सभाबाट ५७ मत पाएका छन्। एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।  विपक्षमा कसैले पनि मतदान गरेनन्। 

राप्रपाका सांसदहरू तटस्थ बसेको बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहेको थियो। प्रदेश सभामा ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए। विश्वासको मत पाएपछि  मुख्यमन्त्री कार्कीले एक साताभित्र सरकार विस्तार हुने बताए। उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग सल्लाह गरेर सरकार विस्तार गर्ने पनि बताएका छन। 

फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले कांग्रेसले सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएर गल्ती गरेको बताए। ‘सर्वोच्च अदालत ले विश्वासको मत नलिनु भनेको छैन। कांग्रसले आज अनुपस्थित रहेर मिस्टेक गर्यो। भोलि यस्तो कदम सच्याउला,’ कार्कीले भने। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको