"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रविलाई समर्थन गर्दै कांग्रेसलाई ओलीको चेतावनी

प्रकाशित मिति :  15 May, 2024 3:17 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदमा उद्दण्डता प्रस्तुत गरेको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुखले मैले तपाईंलाई समय दिएँ भन्दा तपाईंको निगाहको समय चाहिँदैन भन्दै कांग्रेसले उद्दण्डता प्रस्तुत गरेको बताएका हुन्।

वैशाख २८ गते बसेको संसद् बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाले निगाहको नभइ आफ्नो हकको समय खोजेको बताएका थिए। ‘सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न नपाइने? यति अशिष्ट ढंगले!,’ उनले भने, ‘सभामुखले मैले तपाईंलाई समय दिएँ भन्दा तपाईंको निगाहको समय चाहिँदैन भने उद्दण्डता प्रस्तुत गर्ने? संसदमा? सभामुखसँगको के भाषा हो त्यो? नेपाली कांग्रेसको? सभामुखसँग त्यस्तो भाषाा प्रयोग गरेर संसद चलाउन खोज्या हो नेपाली कांग्रेसले?,’ गगनप्रति कटाक्ष गर्दै ओलीले भने। 

अध्यक्ष ओलीले कांग्रेसको इच्छा अनुसार संसद नचल्ने पनि बताए।  ‘नेपाली कांग्रेस अनेक आरोपहरू लगाउँछ। फाइल दबाउँदा हैरान छ! नेपाली कांग्रेस…! अनि फाल्तु कुरा गर्ने? एमालेकाविरूद्ध जथाभावी? हाम्रो कहीँ कतै…, नेपाली जनता भ्रममा पर्न जरूरी छैन। देश यस्तो अवस्थामा छ, अर्थतन्त्र नाजुक अवस्थामा छ। राजनीति जटिल अवस्थामा छ। एउटा पार्टीको संकीर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद् बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छाअनुसार मात्र संसद् चल्ने?,’ उनले भने। 

ओलीले कांग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि? बहुदलीय चलाउन खोज्छ? भन्दै प्रश्न पनि गरे। ‘भिन्न आस्था, भिन्न विचार, भिन्न संस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्परिक मर्यादा नेपाली कांग्रेसले बुझ्छ कि बुझ्दैन। हामी लोकतन्त्र, नेपाली कांग्रेसले लोकतन्त्र किस्तीमा दिएर, आहा लोकतन्त्र भनेर किस्ती स्वीकारेका मानिस होइनौं। बलिदान दिएर संघर्ष गरेर लोकतन्त्र ल्याएका मानिस हौं। त्यसकारण नेपाली कांग्रेसले नेकपा (एमाले)का सन्दर्भमा बोल्दा विचार पुर्‍याउनु! टिप्पणी गर्दा याद राख्नु!,’ उनले भने।

भिडियोमा सुन्नुहोस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने