"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गिरीबन्धु प्रकरणबारे ओलीलाई देउवाको जवाफ : आफैंले गरेको निर्णय हो भन्न किन आपत्ति ?

प्रकाशित मिति :  16 May, 2024 12:10 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टीइस्टेटको जग्गा बिक्री नेकपा एमालेकै पालामा भएको बताएका छन्। काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले नेकपा (एमाले) को सरकारका पालमा गिरीबन्धुबारे निर्णय भएको बताएका हुन्।

‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टिइस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ। कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि,’ उनले भने, ‘त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’

उनले त्यसबेला गिरिजाप्रसाद कोइराला र आफू प्रधानमन्त्री बनेको भन्दै गिरीबन्धुबारे केही निर्णय नभएको पनि बताए। ‘ओलीजीले यस्तो कुराबोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका