"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख पदीय जिम्मेवारी निर्वाह गर्न चुक्नुभयो : महामन्त्री थापा

प्रकाशित मिति :  16 May, 2024 7:45 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल र प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य सभामुखबाट भएको भन्दै कांग्रेसले सभामुखको पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरेको हो ।

साँझ पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले सभामुखले तटस्थताको भूमिका निभाउन नसकेको बताए ।

‘आज सदनमा जे दृश्य देखियो, यो सन्दर्भमा सम्माननीय सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो निर्वाह गर्न सर्वथा चुक्नु भएको भन्ने हाम्रो ठहर रहेको छ,’ महामन्त्री थापाले भने,’सदनमा सभामुख जहिल्यै दलगत आबद्धताबाट मुक्त भएको, आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौं । त्यो रुपमा लिएका हुन्छौं ।’

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसलगायत प्रतिपक्षी दलहरुको अवरोधका बीच सभामुख देवराज घिमिरेले सदन अगाडि बढाएका थिए । बैठक प्रारम्भ हुनासाथ वेल घेराउ गरेर कांग्रेस सांसदहरुले नाराबाजी जारी राखिरहँदा सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए । त्यसपछि उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र सत्तारुढ एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने