"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपक्षी दल बैठक : संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न नरोक्ने

प्रकाशित मिति :  19 May, 2024 12:38 pm


काठमाडौं । विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएका छन् । विपक्षी दलहरुको आइतबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ ।

समितिको कार्यादेश (टीओआर) बनाउन चार सदस्यीय कार्यदल समेत बनेपछि विपक्षी दलहरु गृहमन्त्रीको जवाफ सुन्न तयार भएका हुन् । तर, संसद सरकारी विजनेशमा प्रवेश गर्न टीओआर बनेर समिति बनिसक्नुपर्ने विपक्षी दलहरुको अडान छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक भन्छन्, ‘माननीय गृहमन्त्रीले बोल्नका लागि धेरै दिनदेखि समय माग्नु भएको छ, सभामुखले बोल्न दिनुभयो भने हामी सुन्न तयार छौं ।’

समिति नबन्दै गृहमन्त्रीले बोल्न चाहे सभामुखले कार्यसूचीमा राखेर नभई प्रारम्भमा बोल्न दिनुपर्ने उनीहरुको अडान छ । ‘आज ७ नम्बरमा राखेको छ । तर, हामीले चाहेको कार्यसूची अन्तरगत होइन,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘प्रारम्भमा नै बोल्न दिनुभयो भने हाम्रो तर्फबाट कुनै बाधा हुँदैन ।’

सूर्यदर्शनलगायतका सहकारीको रकम अपलचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

बिहीबार सभामुखले विपक्षीको नाराबाजीका बीच संसद अगाडि बढाउन खोजेपछि कांग्रेसले जसपा नेपाल, राप्रपा, लोसपालगायतका विपक्षी दलहरुको समेत सात खोजेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका