"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीलाई विश्वासको पक्षमा १५७ मत प्राप्त

प्रकाशित मिति :  ७ जेष्ठ २०८१, सोमबार १३:१५


काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएको १८ महिनामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि विश्वास घट्दै गएको छ। सोमबार चौथोपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डप्रति विश्वास घट्दै गएको देखिएको हो। प्रधानमन्त्री भएलगत्तै २६८ जनाले समर्थन गरेका प्रधानमन्त्रीलाई सोमबार प्रतिनिधिसभामा भएको मत विभाजनमा प्रधानमन्त्रीका पक्षमा १५७ मत परेको हो।

प्रधानमन्त्रीका पक्षमा नेकपमा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतपार्टीलगायतका दलले मत हालेका थिए भने प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले विपक्षमा मतदान गरेका हुन्।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

प्रचण्डको पक्षमा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरूले उनलाई विश्वासको मत दिएका थिए। प्रतिपक्षी कांग्रेसले पनि दाहाललाई विश्वासको मत दिएको थियो। उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै विपक्षमा मत हालेका थिए।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित थिए। विश्वासको मतको प्रस्तावका पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो। दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले साथ दिएका थिए। दाहालको विपक्षमा ८९ सांसदले हालेका भने नेमकिपाले मत दिन्नँ भनेको थियो।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए। २६८ सांसदले मतदान गरेकोमा प्रस्तावका पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो। मत दिन्नँ भन्ने एक जना थिए। कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालका विपक्षमा उभिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले