"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पहिचान सम्मानबाट साहित्यकार काइँलालाई पुरस्कृत गर्ने निर्णय

प्रकाशित मिति :  6 December, 2025 3:25 pm


काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ।

काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए।

पहिचानको आन्दोलन र लेखनमा दिइरहेको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ। नगद ५० हजार २०२ र ताम्रपत्रसहित उनलाई युवा सम्मान दिने कोषले जनाएको छ। पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ को लोकार्पण भएको छ। साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट