"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री आक्रोस : कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ [भिडियोमा हेर्नुहोस]

प्रकाशित मिति :  20 May, 2024 5:30 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए ।

‘म अवरोधमा रहेका माननीयज्युहरुलाई खासगरी नेपाली काँग्रेसका सबै माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईंहरुले नेपाली कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रुपमा’प्रधानमन्त्री दाहालले भने ।

भिडियोमा हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका