"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्त्री र गृहमन्त्रीले दिएको अभिव्यक्ति प्रति कांग्रेसको चेतावनी [भिडियोमा हेर्नुहोस्]

प्रकाशित मिति :  21 May, 2024 2:18 pm


काठमाडौँ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरण र सोमबार प्रधानन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसका तर्फबाट प्रतिनिधिसभा बैठकमा बोलेका सांसद तथा सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसद्‌मा देखाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए।

‘को हो त्यो एजेन्ट ? देखाउनुस्। उसलाई गलहत्याउने हो, गलहत्याउन तपाईंलाई सघाउन हामी तयार छौँ। होइन भने तपाईंलाई गलहत्याउन नपरोस्,’ उनले भने। पाण्डेले गृहमन्त्रीको अभिव्यक्ति पुष्टि नभए संसदको रेकर्डबाट हटाउन माग गरे।

देशैभरका पीडितका बचत फिर्ताको सुनिश्चितता नभएसम्म आफूहरूको लडाईं विश्राम नपाउने बताएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद बद्रि पाण्डेले सहकारी पीडितलाई आश्वस्त पार्दै भनेका छन्, ‘हामी हाम्रो अडानमा दृढ छौँ।’

साथै, उनले गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै समिति गठन तुरुन्तै हुनुपर्ने बताए। ‘देशैभरका सहकारी पीडितलाई आश्वस्त पार्न चाहन्छु, देशैभरका पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईंले विश्राम पाउने छैन,’ उनले भने।

त्यस्तै उनले प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने क्रममा विरोध गरेको भन्दै कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएको प्रति पनि उनले आपत्ति जनाए। ‘संसद्‌को यो परिस्थितिले कसले कसले मूल्य चुकाउनु पर्ने हामी हेर्दै जानेछौँ म यो चुनौती दिन्छु।’

भिडियोमा हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका