"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

प्रकाशित मिति :  22 May, 2024 5:57 pm


काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सवा अर्ब रुपैयाँ विगो मागदाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रको दुई पटक कार्यकारी निर्देशक र त्यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेर सार्वजनिक पद धारण गरेका पौडेलविरुद्ध अख्तियारले करिब एक अर्ब २५ करोड रुपैयाँ विगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पौडेल मंगलबारमात्रै सुरक्षण मुद्रण केन्द्रकालागि उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

त्यस्तै, सुरक्षण मुद्रणकै अन्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत सातामात्रै भ्रष्टाचार मुद्दा दायर भएको थियो भने त्यसअघि वैशाख पहिलो साता अख्तियारले नै उनीविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेकै बखत् ढाँटेर सार्वजनिक पदधारण गरेको कसूरमा विशेष दालतमै मुद्दा दायर गरेको थियो ।

बुधबार दायरसहित विकलविरुद्ध अख्तियारले विशेष अदालतमा चार वटा मुद्दा दायर गरेको छ । त्यसमध्ये एउटामा दोषी ठहर भएका छन् भने दुई वटा विचाराधीन छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार