"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रेस स्वतन्त्रतासँग नागरिकताको सम्बन्ध छैन : ओली

प्रकाशित मिति :  23 May, 2024 7:59 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताएका छन् । बिहीबार मोरङमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताएका हुन् ।

कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया पक्राउबारे पत्रकारहरूको प्रश्नमा उनले भने, ‘तपाईंरूलाई कस्तो लाग्छ । तपाईंले नक्कली नागरिकता बनाउनु भयो, भएन बेग्लै कुरा होला । तर त्यसबारे छानबिन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? कहाँबाट हनन भयो ? प्रेससँग यसको के सम्बन्ध छ ?’

गृहमन्त्रीले ‘इगो’को रूपमा लिनुभयो जस्तो छ नी ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘संयोग त्यस्तो पर्‍यो होला ।’

ओलीले अगाडि भने, ‘कांग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ । कठैबरा ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका