"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि

प्रकाशित मिति :  24 May, 2024 4:32 pm


काठमाडौं । नेपालमा पुनः कोभिड– १९ को नयाँ भेरियन्ट देखिएको छ। हाल विभिन्न देशहरूमा देखिइरहेको ‘केपी.१’ र ‘केपी.२’ नामक दुईवटा नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको हो।

हाल देखिएका यी भेरियन्टहरू ओमिक्रोनका नयाँ सबभेरियन्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर  कोरोना संक्रमण देखिएका ४० नमुनाको जिन सिक्वेन्सिङ गर्दा  १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट ‘केपी.१’ र १७ जनामा ‘केपी.२’ पुष्टि भएको हो।

भारत, चीन, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा समेत पछिल्लो समय फैलिइरहेको यो भेरियन्ट निकै संक्रामक मानिएको छ। यी भेरियन्टहरूले गत डिसेम्बरमा सिंगापुरको कोभिड संक्रमणको लहर नै ल्याएको थियो।

भारतमा गत जनवरीमा मात्रै पुष्टि भए तापनि संक्रमण बढी नदेखिएको बताइएको थियो। तर, अमेरिकामा भने गत मेमा कुल संक्रमणको २८ प्रतिशतमा केपी १ र केपी २ पुष्टि भएको थियो।

संक्रमण फैलिएका यी देशहरूले नयाँ भेरियन्टहरू बढी संक्रामक भए पनि अत्यधिक जोखिमपूर्ण भने नदेखिएको बताउँदै आएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर