"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि

प्रकाशित मिति :  24 May, 2024 4:32 pm


काठमाडौं । नेपालमा पुनः कोभिड– १९ को नयाँ भेरियन्ट देखिएको छ। हाल विभिन्न देशहरूमा देखिइरहेको ‘केपी.१’ र ‘केपी.२’ नामक दुईवटा नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको हो।

हाल देखिएका यी भेरियन्टहरू ओमिक्रोनका नयाँ सबभेरियन्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर  कोरोना संक्रमण देखिएका ४० नमुनाको जिन सिक्वेन्सिङ गर्दा  १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट ‘केपी.१’ र १७ जनामा ‘केपी.२’ पुष्टि भएको हो।

भारत, चीन, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा समेत पछिल्लो समय फैलिइरहेको यो भेरियन्ट निकै संक्रामक मानिएको छ। यी भेरियन्टहरूले गत डिसेम्बरमा सिंगापुरको कोभिड संक्रमणको लहर नै ल्याएको थियो।

भारतमा गत जनवरीमा मात्रै पुष्टि भए तापनि संक्रमण बढी नदेखिएको बताइएको थियो। तर, अमेरिकामा भने गत मेमा कुल संक्रमणको २८ प्रतिशतमा केपी १ र केपी २ पुष्टि भएको थियो।

संक्रमण फैलिएका यी देशहरूले नयाँ भेरियन्टहरू बढी संक्रामक भए पनि अत्यधिक जोखिमपूर्ण भने नदेखिएको बताउँदै आएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार