"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी छानबिनमा शीर्ष दलबिच चार बुँदे सहमति

प्रकाशित मिति :  28 May, 2024 3:45 pm


काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच चार बुँदे सहमति भएको छ।

छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारस्थित कानुन मन्त्रालयमा मंगलबार दिउँसो बसेको बैठकमा कार्यादेशबारे चार बुँदे सहमति जुटेको नेताहरूले बताएका छन्। कानुन मन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, रास्वपा सांसद शिशिर खनाल थिए।

मंगलबारको छलफलमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी थिए। कार्यदलमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीका विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने विषयमा सहमति भएको छ।

कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइसकेको छ। अब दलहरूले समितिमा रहने सांसदको नाम संघीय संसद सचिवालयमा बुझाउनेछन्। 

मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा समिति गठन र पारित गर्ने तयारी छ।

यस्तो छ कार्यादेश:



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने