"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन, को को छन् सदस्यमा ?

प्रकाशित मिति :  28 May, 2024 8:08 pm


काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । प्रमुख दलहरूबीच भएको सहमतिअनुसार संसद्को मंगलबार बसेको बैठकले सहकारी संस्था बचत रकम संसदीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल सदस्य छन् । यस्तै माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । स्रोतका अनुसार समितिको सभापति एमाले सांसद थापा हुने छन् । समितिलाई चारबुँदे कार्यादेश दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको