"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई कठ्ठा जमिनमा धनियाँ खेती, वर्षको ८ लाख रूपैयाँ आम्दानी

प्रकाशित मिति :  29 May, 2024 2:25 pm


खेतका गह्राभरी हरियो धनियाँ छ। एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए।  

अमितका बुबा आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनी बताउँछन्। दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ दुई हजार चार सयमा खरिद गरी खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए।  बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए।  

उनका अनुसार सिजनमा पाँच रूपैयाँका मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ प्रतिमुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए। धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए।

उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सय  रूपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ। धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए।

‘वैशाख, जेठ र असारमा धनियाँ  १० रूपैयाँ प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ,’ उनले भने। गत वर्ष यी तीन महिनामा दुई लाख आम्दानी गरेको उनले बताए। सरदर वर्षको आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए।   

‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ,’ उनले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्छु त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ।’

छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्रै महिना गर्ने गरेको उनले बताए। ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न  बुवाआमा र श्रीमतीको सहयोग रहेको छ,’ उनले भने।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय