"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई कठ्ठा जमिनमा धनियाँ खेती, वर्षको ८ लाख रूपैयाँ आम्दानी

प्रकाशित मिति :  १६ जेष्ठ २०८१, बुधबार १४:२५


खेतका गह्राभरी हरियो धनियाँ छ। एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए।  

अमितका बुबा आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनी बताउँछन्। दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ दुई हजार चार सयमा खरिद गरी खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए।  बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए।  

उनका अनुसार सिजनमा पाँच रूपैयाँका मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ प्रतिमुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए। धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए।

उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सय  रूपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ। धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए।

‘वैशाख, जेठ र असारमा धनियाँ  १० रूपैयाँ प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ,’ उनले भने। गत वर्ष यी तीन महिनामा दुई लाख आम्दानी गरेको उनले बताए। सरदर वर्षको आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए।   

‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ,’ उनले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्छु त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ।’

छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्रै महिना गर्ने गरेको उनले बताए। ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न  बुवाआमा र श्रीमतीको सहयोग रहेको छ,’ उनले भने।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। आन्तरिक राजस्व संकलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब हाराहारी

सुनसरी – लगभग एक दशकको वैदेशिक जीवनपछि स्वदेश फर्केका इटहरीका किसान मनराज अहिले व्यावसायिक पशुपालन र मौरीपालनबाट राम्रो आम्दानी गर्दै छन्।

काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

काठमाडौँ – मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब