"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्छ : गगन थापा

प्रकाशित मिति :  30 May, 2024 7:33 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालबाट एक भिडियो सार्वजनिक गर्दै उनले संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को चौथो बुँदाले गृहमन्त्री लामिछाने छानबिनको दायरामा आउने बताए ।

संसदीय छानबिन समिति गठन नगरी संसद अधिवेशन अन्त्य गर्ने सत्तारुढ दलहरुको तयारी थाहा पाएपछि आफूहरु गृहमन्त्रीको नाम नराखी कार्यादेश बनाउन तयार भएको थापाले बताए । यद्यपि अहिलेको कार्यादेशले विभिन्न सहकारीबाट रकम ल्याएको विषयमा गोर्खा मिडिया नेटवर्ककका तत्कालिन अध्यक्ष जीबी राई र अर्का सञ्चालक रवि लामिछाने छानबिनमा तानिने उनको भनाइ छ ।

‘गोर्खा मिडिया कसको हो, जीबी राई र माननीय रवि लामिछानेको हो, गोर्खा मिडियाको छानबिन गर्ने भनेपछि कोलाई छानबिन गर्नुपर्‍यो ? जीबी राई र माननीय रवि लामिछानेलाई बोलाएर छानबिन गर्नुपर्‍यो’, उनले भने ।

संसदीय छानबिन समितिले कार्यादेशमा छलकपट नगरी काम गर्नुपर्ने महामन्त्री थापाले बताए । कार्यादेश टुंग्याउने छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘गोर्खा मिडिया नेटवर्ककको नाम राखेपछि त्यहाँ रकम ल्याउन संलग्न प्रधानमन्त्री, गृहमन्त्री जो भए पनि छानबिनमा बोलाउने हो भाषामा कपट गर्न पाइँदैन’, भनेका उनले बताए ।

एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले केही दिन पेलेर संसद चलाउने र त्यसपछि संसद स्थगित गर्ने षड्यन्त्र भएको थापाले बताए ।

‘हामीले के पनि पायौं भने, फरक पार्टीको नेताले पनि के भन्ने अवस्था आयो भने नामै तोकेर समिति बनाउने भन्ने कांग्रेसले माग गरिराख्छ, संसद यसरी केही दिन पेलेरस चलाउने त्यसपछि संसद बन्द गरिदिने, करिब ६ महिनापछि संसद बोलायो भइहाल्यो, संसदीय समिति नबनाउने, यो सोच राखिसकेपछि नेपाली कांग्रेसभित्र छलफल गर्‍यौं । जालझेल भइरहेको छ, जालझेलमा फस्छौं भने न्यूनतम कुरा यति हुनुपर्छ भन्ने ठान्यौं र बुँदा नम्बर ४ तयार भयो’, उनले भने ।

आफूहरुले गृहमन्त्रीमाथि प्रश्न उठाएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले चोख्याउने काम गरेको भन्दै थापाले त्यसपछि संसदीय छानबिन नै हुनुपर्ने निश्कर्षमा पुगेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २